भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्रका स्थानीय बजारहरूमा अनुगमन कार्यलाई तीव्रता दिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै नगरपालिकाको अनुगमन टोलीले ताथली क्षेत्रमा रहेका खाद्यान्न पसल, ग्यास डिलर र मासु पसलहरुको आकस्मिक निरीक्षण गरेको हो। अनुगमन टोलीले मिति २०८२/१२/०९ मा सञ्चालन गरेको उक्त अनुगमनमा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरूमा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता/नवीकरण, नापतौल प्रमाणपत्र, बिल प्रणाली तथा लेबलिङसम्बन्धी व्यवस्था जाँच गरेको थियो।
अनुगमन टोलीले चाँगुनारायण नगरपालिका वडा नं ९ का श्री स्वस मिट शप,सरोज किराना पसल, समर किराना पसल तथा चिया खाजा घर, आवास ट्रेडर्स, डी एस किराना पसलहरुमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नवीकरण नगरेको, म्याद नाघेका सामग्री बिक्रीका लागि राखिएको तथा खरिद–बिक्रीमा बिल प्रयोग नगरेको पाइएको छ।
त्यसैगरि ग्यास सिलिंडरको भण्डारणमा समेत त्रुटि भेटिएकाले अनुगमन टोलीले त्यसलाई छुट्टा छुट्टै भण्डारण गर्न समेत निर्देशन दिएको छ। अनुगमन टोलीले ७ दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमनका क्रममा अखाद्य भेटिएका १६ प्याकेट चोको पाई, ३ वटा २.२५ लिटरका मिरिंडाका बोतल, क्लासिक मायोगईज ६ वटा, १ केजी का ५ प्याकेट चाऊमीन, २५० मिलीलीटरका ४ वटा पेप्सी नस्ट समेत गरिएको छ।

अनुगमन टोली बजारमा आएको थाहा पाएपछि केही ग्यास व्यवसायीहरू आफ्नो पसल बन्द गरेर हिडेको समेत भेटिएको छ। अनुगमनमा नगरपालिकाका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय प्रहरीको सहभागिता रहेको थियो। उपभोक्ताहरूले पनि बजारमा हुने कालोबजारी र अखाद्य वस्तुको बिक्री वितरण रोक्न नगरपालिकाको यो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार