logo

मंगलबार, चैत्र ९ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ९ मंगलबार

विन्ध्यवासिनी मन्दिर परिसरमा भव्य श्रीमद्भागवत ज्ञान महायज्ञ हुदै

विन्ध्यवासिनी मन्दिर परिसरमा भव्य श्रीमद्भागवत ज्ञान महायज्ञ हुदै


  • मंगलबार, चैत्र ९ २०८२
  • 2.4K
    SHARES

    गोरखा नगरपालिका–३ स्थित श्री विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजना हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञले सम्पूर्ण क्षेत्रलाई धार्मिक उत्साहले भरिएको छ। चैत १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने यस महायज्ञमा सयौं भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    महायज्ञअन्तर्गत संगीतात्मक भागवत कथा वाचन, चौरासी पूजा, व्रतबन्ध, लक्षवत्ती दीप प्रज्वलन, पितृ तर्पण, अखण्ड जलधारा सहित रुद्राभिषेक जस्ता विशेष धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै तुलादान, अन्नदान, ब्राह्मण भोजन र विशेष आरतीले कार्यक्रमलाई अझ भव्य बनाउनेछ।

    आयोजक समितिका अनुसार धार्मिक तथा सांस्कृतिक संरक्षणको उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। गोरखा नगरपालिका र विभिन्न संघसंस्थाहरूको सहकार्यमा हुन लागेको यो महायज्ञले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

    स्थानीयवासी तथा श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech