logo

बुधबार, चैत्र १० २०८२

kantipurpationlinetv

२०८२ चैत्र १० बुधबार

ठमेलमा २० विदेशी महिला पक्राउ

ठमेलमा २० विदेशी महिला पक्राउ


  • बुधबार, चैत्र १० २०८२
  • 4.6K
    SHARES

    काठमाडौं — काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा २० जना विदेशी महिला पक्राउ परेका छन्।

    प्रहरीका अनुसार पक्राउ परेकाहरू युगान्डाका नागरिक हुन् र उनीहरू पर्यटक भिसामा नेपालमा बस्दै आएका थिए। पक्राउ परेकाहरूको उमेर २४ देखि ४७ वर्षसम्म रहेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलका विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक नजिक सार्वजनिक सडकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार उनीहरूले ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक रूपमा रोक्ने, सार्वजनिक स्थानमै पैसामा बार्गेनिङ गर्ने तथा यौन धन्दा सञ्चालन गरी बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत हैरानी दिने गरेको पाइएको छ।

    पक्राउ परेकाहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि प्रहरी वृत लैनचौरबाट अनुसन्धान जारी रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech