आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह जो कोहिमा हुन्छ । तर खानपान शैली, मौसम परिवर्तन, प्रदूषण, सुर्यका किरण, बढ्दो उमेर, जीवन शैली, हर्मन परिवर्तन, इन्फेक्सन लगायतका कारणले छालामा विविध समस्या आउने गर्छ। अझ यस्ता समस्या अनुहार मै आएमा व्यक्तिको आकर्षण र व्यक्तित्व मै प्रभाव पार्न सक्छ।
यिनै समस्याको समाधान स्वरुप जेरोना वेलनेस प्रालिले उत्पादन गरेको विभिन्न सौदर्य उत्पादन आजदेखि नेपाली बजारमा आएका छन् । जेरोनाले छालाको सुरक्षालाई मध्यनजर गर्दै तयार पारेको १० प्रकारका उत्पादन जेरोना डर्मा ब्राण्डमा आजदेखि नेपाली बजारमा आएका हुन्।
जेरोनाले छालाको सुरक्षाको लागि उच्चस्तरीय प्रविधिको प्रयोग गरि यी सामग्री तयार पारेको जनाएको छ। कम्पनीले बजारमा ल्याएका उत्पादनमा सनसेड नामको सनस्क्रिन, एचवाई सेरम नामको हायलोरोनिक सेरम, हाइड्रा नामक मोइस्चराइजीङ लोसन, वाश सी नामको भिटामिन सी फेस वाश तथा ईभ ग्रुम नामको नाइट क्रिम रहेका छन् । त्यस्तै सनशेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल, सेरोमिन सी नामको भिटामिन सी फेस सेरम, हाइड्रा सफ्ट नामको क्लिन्जर, वाश ग्लो नामको ग्लोईङ फेसवास, र ग्रुम नामको डे क्रिम रहेका छन् ।
कम्पनीले सनसेड नामको सनस्क्रिन ६० ग्राममा, एचवाई सेरम नामको हायलोरोनिक सेरम ३० एमएलमा, हाइड्रा नामक मोइस्चराइजीङ लोसन १०० ग्राममा, वाश सी नामको भिटामिन सी फेस वाश ६० ग्राममा तथा ईभ ग्रुम नामको नाइट क्रिम ५० ग्राममा ल्याएको छ।
त्यस्तै सनशेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल ६० ग्राममा, सेरोमिन सी नामको भिटामिन सी फेस सेरम ३० एमएलमा, हाइड्रा सफ्ट नामको क्लिन्जर १०० एमएलमा, वाश ग्लो नामको ग्लोईङ फेसवास ६० ग्राममा, र ग्रुम नामको डे क्रिम ५० ग्राममा ल्याएको छ । कम्पनीका संचालक दुर्गाराज श्रेष्ठका अनुसार जेरोना नेपाली कम्पनी भए पनि यी उत्पादनहरु भारतको गुजरातमा उच्च प्रविधिको प्रयोग गरि तयार पारिएको हो ।
यी उत्पादन छालाको सुरक्षाको लागि उत्तम हुने र अन्य उत्पादनको तुलनामा यी सामग्री उत्कृष्ट हुने उनको भनाई छ । यी उत्पादनहरु नजिकका सौदर्यस्टोरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक