काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार ४५ वर्षीय राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
प्रहरीका अनुसार शनिबार बिहान राउतले बुद्धनगरस्थित आफ्नै निवासमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा पारिवारिक विवादका कारण उनले उक्त कदम चालेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यससँगै पछिल्ला तीन दिनमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटनामा दुई जनाको मृत्यु भइसकेको छ भने एक जना गम्भीर घाइते छन्।
यसअघि बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
त्यस्तै, शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था अझै गम्भीर रहेको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल