logo

मंगलबार, असार ३० २०८३

kantipurpationlinetv

२०८३ असार ३० मंगलबार

टोखा नगरपालिकामा घर तथा सडक नम्बरिङ अभियान सुरु, सबै वडामा विस्तार गरिने

टोखा नगरपालिकामा घर तथा सडक नम्बरिङ अभियान सुरु, सबै वडामा विस्तार गरिने


  • मंगलबार, असार ३० २०८३
  • 1.9K
    SHARES

    काठमाडौं — टोखा नगरपालिकाले घर नम्बर वितरण परियोजनाअन्तर्गत घर तथा सडकमा नम्बर प्लेट जडान अभियानको औपचारिक शुभारम्भ गरेको छ। नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई तथा वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रूपमा अभियानको शुभारम्भ गर्नुभएको हो।

    नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र व्यवस्थित घर तथा सडक नम्बरिङ प्रणाली लागू गरी सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यस अभियानले घरको ठेगाना व्यवस्थापनलाई एकरूप बनाउनुका साथै आपतकालीन उद्धार सेवा, सुरक्षा निकाय, हुलाक सेवा तथा अन्य सार्वजनिक सेवाको पहुँच र प्रभावकारितामा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

    नगरपालिकाले अभियानलाई चरणबद्ध रूपमा नगरका सबै वडामा विस्तार गर्दै प्रत्येक घर तथा सडकमा नम्बर प्लेट जडान गर्ने जनाएको छ।

    नगर प्रमुख प्रकाश अधिकारीले व्यवस्थित सहरी व्यवस्थापनका लागि घर तथा सडक नम्बरिङ प्रणाली आवश्यक रहेको उल्लेख गर्दै नागरिकको सहकार्यबाट अभियानलाई सफल बनाइने विश्वास व्यक्त गर्नुभयो।

    नगरपालिकाले अभियानलाई सफल बनाउन सम्बन्धित सबै नागरिकसँग आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page