काठमाडौं — टोखा नगरपालिकाले घर नम्बर वितरण परियोजनाअन्तर्गत घर तथा सडकमा नम्बर प्लेट जडान अभियानको औपचारिक शुभारम्भ गरेको छ। नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई तथा वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रूपमा अभियानको शुभारम्भ गर्नुभएको हो।
नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र व्यवस्थित घर तथा सडक नम्बरिङ प्रणाली लागू गरी सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यस अभियानले घरको ठेगाना व्यवस्थापनलाई एकरूप बनाउनुका साथै आपतकालीन उद्धार सेवा, सुरक्षा निकाय, हुलाक सेवा तथा अन्य सार्वजनिक सेवाको पहुँच र प्रभावकारितामा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
नगरपालिकाले अभियानलाई चरणबद्ध रूपमा नगरका सबै वडामा विस्तार गर्दै प्रत्येक घर तथा सडकमा नम्बर प्लेट जडान गर्ने जनाएको छ।
नगर प्रमुख प्रकाश अधिकारीले व्यवस्थित सहरी व्यवस्थापनका लागि घर तथा सडक नम्बरिङ प्रणाली आवश्यक रहेको उल्लेख गर्दै नागरिकको सहकार्यबाट अभियानलाई सफल बनाइने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाले अभियानलाई सफल बनाउन सम्बन्धित सबै नागरिकसँग आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ।

-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम