लमजुङ: राइनास नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा विद्यार्थीलाई सम्मान गरेको छ। नगरसभाको १८औँ अधिवेशनबाट निर्णय भएअनुसार उत्कृष्ट राइनास सेवा पुरस्कार, राइनास सेवा पुरस्कार, उत्कृष्ट कृषक पुरस्कार तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका, जिल्ला र प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
नगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने कर्मचारी, कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै उत्पादन र उद्यमशीलतामा प्रेरणा दिने कृषक तथा खेलकुदमार्फत नगरपालिका, जिल्ला र प्रदेश स्तरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरेको जनाएको छ।
सम्मान कार्यक्रमले उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूको योगदानको कदर गर्नुका साथै अन्य नागरिक, कर्मचारी, कृषक र विद्यार्थीलाई पनि आफ्नो क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा पुग्ने अपेक्षा गरिएको नगरपालिकाको विश्वास छ।
प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मीका अनुसार नगरसभाको निर्णयअनुसार सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। उहाँले यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।
राइनास नगरपालिकाले शिक्षा, कृषि, खेलकुद तथा सार्वजनिक सेवा क्षेत्रमा उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ।

-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम