धादिङ — जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी सेवालाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।
जिल्ला प्रहरी कार्यालयको औपचारिक निरीक्षणका क्रममा उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई कानूनको प्रभावकारी कार्यान्वयन, व्यावसायिक आचरण तथा सेवाग्राहीमैत्री व्यवहारलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन्।
उनले प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सेवा प्रवाहलाई थप उत्तरदायी, पारदर्शी र अनुशासित बनाउनुपर्नेमा जोड दिइन्।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले जिल्ला प्रहरी कार्यालयअन्तर्गतका विभिन्न शाखाको कार्यसम्पादन, सेवा प्रवाहको अवस्था तथा अभिलेख व्यवस्थापनको समेत अवलोकन गरिन्। उनले शाखागत गतिविधि, उपलब्धि तथा कार्यसम्पादनका क्रममा देखिएका चुनौतीबारे जानकारी लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझाव दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धादिङले नियमित निरीक्षण तथा अनुगमनले प्रहरी संगठनको कार्यसम्पादन सुधार, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा नागरिकप्रति उत्तरदायी प्रहरी प्रशासन निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला