बारा: जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक प्रकाश खड्का २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा दरबन्दी भई कार्यरत खड्कालाई ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले २०८३ साल कार्तिक २० गते खड्कालाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्नुभएको छ। प्रहरी सेवाप्रतिको जिम्मेवारी, कार्यसम्पादन तथा व्यावसायिक दक्षताको मूल्याङ्कनका आधारमा उहाँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जनाइएको छ। उत्कृष्ट प्रहरी घोषित हुनुभएका प्रहरी निरीक्षक प्रकाश खड्कालाई बधाई तथा आगामी कार्यसम्पादनका लागि सफलताको शुभकामना व्यक्त गरिएको छ।
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग