logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्र

सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्र


  • बिहिबार, साउन १५ २०८२
  • 22.5K
    SHARES

    काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर प्रबर्द्धन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

    बिहीबार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसरमा रानीबारी–३ स्थित संस्थाको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो।

    खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए ।

    साउन १५ अर्थात खीर खाने मौलिक चाडपर्व मनाउन पर्नेमा जोड दिदै किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताए ।

    कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, सुर्य किरण श्रेष्ठ लगायतले खीर खाने हाम्रो पुरानो संस्कृती भएकोले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

    एसोसियसनका महासचिव पदम बहादुर आले मगरले साउन १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने खीर खाने पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भएकोले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

    कार्यक्रममा उपस्थितहरूले सामुहिक खीर, सेलरोटी लगायतका परिकारहरू खाएर कार्यक्रमको समापन गरिएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page