
काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर प्रबर्द्धन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसरमा रानीबारी–३ स्थित संस्थाको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो।
खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए ।
साउन १५ अर्थात खीर खाने मौलिक चाडपर्व मनाउन पर्नेमा जोड दिदै किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, सुर्य किरण श्रेष्ठ लगायतले खीर खाने हाम्रो पुरानो संस्कृती भएकोले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो ।
एसोसियसनका महासचिव पदम बहादुर आले मगरले साउन १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने खीर खाने पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भएकोले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा उपस्थितहरूले सामुहिक खीर, सेलरोटी लगायतका परिकारहरू खाएर कार्यक्रमको समापन गरिएको थियो।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
धादिङका मानसिक बिरामी देवबहादुरलाई नेपाल युथ क्लबको २ लाख ३५ हजार सहयोग: सोम मगरको अभियानले पायो सार्थकता
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
मिस नेपालदेखि शोरूम इन्चार्जसम्म: सम्पदाको बहुआयामिक यात्रा