गोरखा सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस तनहुँको ऐनापहरामा दुर्घटनामा परेको छ। नारायणगढबाट गोरखा जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार दिउँसो ४:२० बजे आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा दुर्घटनामा परेको हो।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार, हालसम्म बसबाट पाँच जना यात्रुको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जना महिला गम्भीर घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको छ।
गम्भीर घाइते महिला शहीद लखन गाउँपालिका–६ की अन्दाजी ४१ वर्षीया सिनु थापा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
उद्धार गरिएका अन्य चार जनाको उपचार आँबुखैरेनीस्थित स्थानीय अस्पतालमा भइरहेको छ।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानअनुसार बसमा अझै यात्रु रहेको आशंकामा अहिले प्रहरी टोली क्रेनको सहायताले बस उठाउने प्रयासमा जुटिरहेको छ।
बसको अगाडिको भागमा पुग्न कठिन भएको र त्यसले गर्दा केही यात्रु बसभित्रै च्यापिएको हुनसक्ने अनुमान गरिएको छ।
हाल घटनास्थलमा उद्धार कार्य जारी छ भने विस्तृत विवरण आउन बाँकी छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक