काठमाडौँ — अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा नेपाल आउने भएकी छन्। मानव सेवा फाउण्डेशनले काठमाडौँको पशुपति परिसरमा आयोजना गरेको ‘श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञान महायज्ञ’ मा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
आयोजकका अनुसार देवी प्रतिभाले आगामी श्रावण २४ गतेदेखि भाद्र ३ गतेसम्म (११ दिन) पशुपति हंस मण्डपमा कथा वाचन गर्नेछिन्।
गत वर्ष पशुपतिमा आयोजित कोटिहोममा कथा वाचन गरेर नेपाली भक्तजनबीच लोकप्रिय बनेकी देवी प्रतिभाले त्यसपछि चितवन र पोखरामा पनि कथा वाचन गरेकी थिइन्। भक्तजनको निरन्तर आग्रहपछि उनलाई पुनः नेपाल ल्याउने निर्णय गरिएको आयोजकले जनाएको छ।
विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मूर्तीजी महाराजले भक्तजनको अध्यात्मिक जिज्ञासा र अनुरागलाई ध्यानमा राखी देवी प्रतिभालाई आमन्त्रण गरिएको जानकारी दिए।
श्रावण १ गतेदेखि सुरु भएको विराट ज्ञान महायज्ञ आगामी भाद्र २१ गतेसम्म (कुल ५१ दिन) सञ्चालन हुनेछ। आयोजक फाउण्डेशनले महायज्ञमा देशभरका भक्तजनको सहभागिता अपेक्षा गरेको छ।


-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक