सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता र नवीकरणको कार्य रोकिएको जानकारी गराएको छ।
सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था छ। विभागले यो जनाएको छ।
विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता र नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको छ।
सूचनामा भनिएको छ, ‘उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता र नवीकरणको कार्य स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’
छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य हुने व्यवस्था छ। उक्त दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ। रासस
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित