लोकप्रिय लोकदोहोरी गायक खेम सेन्चुरी हालै स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए। क्यानडाको हिमालयन मेलामा सहभागी हुनुअघि त्रिभुवन विमानस्थलबाट उड्न लाग्दा अचानक बिरामी परेपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका थिए।
गायक मोहन खड्काका अनुसार सेन्चुरीलाई किड्नीमा स्टोन खस्दा पीडा भएको थियो। यद्यपि, सर्जरी नगरी औषधिले नै उपचार सम्भव हुने चिकित्सकले बताएका छन्।
शुक्रबार डिस्चार्ज भए पनि अब क्यानडाको यात्रा स्थगित गरिएको छ, जसका कारण उनले अगष्ट ९ मा हुने हिमालयन मेला छुटाउने भएका छन्। सेन्चुरीले फेसबुकमार्फत क्षमा माग्दै कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्।
यसैबीच, मेला आयोजक नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेसले विज्ञप्ति जारी गर्दै ‘ग्लुमी गाइज’ ब्यान्डका गायक हरि कर्माचार्य र गायिका अञ्जना गुरुङलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित