काठमाडौं — नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले बुधबार एक कार्यक्रमका बीच जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। दुबैजना बझाङ जिल्लाका गर्व मानिने खेल व्यक्तित्व हुन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको पनि सहभागिता थियो।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै भने— “नेपाली हिरो द्धय एवं नेपालको सान मानिने बझाङको बाघ रबिन्द्र ढाँट र किर्तिमानी राष्ट्रिय महिला क्रिकेट खेलाडी बहिनी सम्झना खडकालाई आज बझाङी समाज काठमाडौंले जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। रबिन्द्र भाई र सम्झना बहिनीलाई हार्दिक बधाई तथा बझाङी समाजलाई हार्दिक आभार व्यक्त गर्दछु। #चान्स_पाए_बझाङिले_गर्छ”
रवीन्द्रले केही दिनअघि भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट मा भारतीय खेलाडीलाई हराउँदै बान्टमवेट टाइटल जितेका थिए। यो उपाधि जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। यसअघि नेपाल सरकारले उनलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले समेत दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।
त्यस्तै, राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्काले हालै सम्पन्न महिला एसिया कपमा नेपालका लागि अर्धशतक प्रहार गरेकी थिइन्।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक