
काठमाडौं — नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले बुधबार एक कार्यक्रमका बीच जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। दुबैजना बझाङ जिल्लाका गर्व मानिने खेल व्यक्तित्व हुन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको पनि सहभागिता थियो।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै भने— “नेपाली हिरो द्धय एवं नेपालको सान मानिने बझाङको बाघ रबिन्द्र ढाँट र किर्तिमानी राष्ट्रिय महिला क्रिकेट खेलाडी बहिनी सम्झना खडकालाई आज बझाङी समाज काठमाडौंले जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। रबिन्द्र भाई र सम्झना बहिनीलाई हार्दिक बधाई तथा बझाङी समाजलाई हार्दिक आभार व्यक्त गर्दछु। #चान्स_पाए_बझाङिले_गर्छ”
रवीन्द्रले केही दिनअघि भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट मा भारतीय खेलाडीलाई हराउँदै बान्टमवेट टाइटल जितेका थिए। यो उपाधि जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। यसअघि नेपाल सरकारले उनलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले समेत दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।
त्यस्तै, राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्काले हालै सम्पन्न महिला एसिया कपमा नेपालका लागि अर्धशतक प्रहार गरेकी थिइन्।
-
हिमालय हबका निर्देशक लामिछाने द्वारा १६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
मौलिक संस्कृति संरक्षणका लागि राजशान्ति फाउण्डेसनको ५० हजार सहयोग: संस्थापक शान्ति सुनार सम्मानित
-
भागवत मञ्जरी राधिका दासी माताज्यूको ग्रीन सिटी हस्पिटलमा भव्य आगमन, जीवनभरको उपचार सुविधा सहित सम्मान
-
‘मेरो डान्स युनिभर्स’ विजेता रिस्ता गुरुङको म्युजिक भिडियोमा डेब्यू
-
बुबाको मुख हेर्ने दिन मात्र होइन, बुबाप्रति हरेक दिन श्रद्धा आवश्यक : भागवत मञ्जरी राधिका दासी