logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

मौलिक संस्कृति संरक्षणका लागि राजशान्ति फाउण्डेसनको ५० हजार सहयोग: संस्थापक शान्ति सुनार सम्मानित

मौलिक संस्कृति संरक्षणका लागि राजशान्ति फाउण्डेसनको ५० हजार सहयोग: संस्थापक शान्ति सुनार सम्मानित


  • बिहिबार, भाद्र ११ २०८२
  • 55.6K
    SHARES

    लमजुङ: सुन्दरबजार नगरपालिका–९ भोटेओडार फूलबारी घर भई हाल बेलायतमा बस्दै आउनुभएका राजकुमार सुनार (राजशान्ति) र धर्मपत्नी शान्ति सुनारले मौलिक संस्कृतिको संरक्षणका लागि सहयोग गर्नुभएको छ।

    हरितालिका तीजको अवसरमा हातेमालो मूल आमा समूह भोटेओडारको आयोजनामा संचालित ‘खुला तीज गीत प्रतियोगिता’का लागि राज–शान्ति फाउण्डेसनमार्फत सुनार दम्पत्तिले पचास हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो।

    ‘हराउँदै गएको मौलिक गीत–संगीत र संस्कृति संरक्षणका लागि सकेको सानो सहयोग गरेका हौँ,’ फाउण्डेसनकी संस्थापक शान्ति सुनारले बताउनुभयो, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछौँ।’

    कार्यक्रमकै क्रममा बेलायतबाट लमजुङ आइपुग्नुभएकी शान्ति सुनारलाई सम्मान समेत गरिएको थियो।

    प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन गर्ने राज–शान्ति फाउण्डेसन र अन्य सहयोगीहरूप्रति हातेमालो मूल आमा समूह भोटेओडारकी अध्यक्ष मनु पन्त खत्रीले आभार प्रकट गर्नुभयो। सो कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य टिकाकुमारी बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सामाजिक सेवाका क्षेत्रमा सक्रिय राज–शान्ति फाउण्डेसनले भविष्यमा पनि यस्ता सहयोगमूलक कार्यलाई निरन्तरता दिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page