धादिङ, भदौ ११ – गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भदौ १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ।
युवा भजन गुरु तथा गायक निश्चल सिलवालको विशेष संकल्पमा आयोजना हुने यस कार्यक्रमको प्रारम्भ १८ गते बिहान ७ बजे बजार परिक्रमाबाट हुनेछ। त्यसपछि बेलुकी लाखबत्ती प्रज्वलन गरिने र त्यसपछि २४ घण्टा लामो अखण्ड हरिकृतन सञ्चालन गरिने आयोजकले जनाएका छन्।
कार्यक्रममा सहभागी भक्तजनहरूलाई करिब १००० बत्ती ल्याउन आयोजकले अनुरोध गरेका छन्। बत्तीहरू सम्पूर्ण मन्तव्य (इच्छा वा उद्देश्य) सहित ल्याउन आग्रह गरिएको छ।
त्यसै अवसरमा १९ गते “राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, धादिङ” को प्रथम जिल्ला अधिवेशन पनि आयोजना हुने जनाइएको छ।
कार्यक्रमको मुख्य आयोजना श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले गर्ने भएको छ।
सह–आयोजकमा रूद्रेश्वर आमा समूह र रूद्रेश्वर मन्दिर समिति, गजुरी रहेका छन्।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री