काठमाडौं: नेकपा (माओवादी केन्द्र) का युवा नेता नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित पुस्तक ‘संघर्षमा सिरानचोक’ सार्वजनिक गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममार्फत माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथि थिए।
लेखक पुडासैनीका अनुसार पुस्तकमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन र वाम आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाक्रम समेटिएको छ।
विमोचन कार्यक्रमसँगै पुस्तकमाथि विषयगत छलफल पनि गरिएको थियो। कार्यक्रममा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने र मोहन लामिछानेले टिप्पणी प्रस्तुत गरेका थिए।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित