काठमाडौं: नेकपा (माओवादी केन्द्र) का युवा नेता नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित पुस्तक ‘संघर्षमा सिरानचोक’ सार्वजनिक गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममार्फत माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथि थिए।
लेखक पुडासैनीका अनुसार पुस्तकमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन र वाम आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाक्रम समेटिएको छ।
विमोचन कार्यक्रमसँगै पुस्तकमाथि विषयगत छलफल पनि गरिएको थियो। कार्यक्रममा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने र मोहन लामिछानेले टिप्पणी प्रस्तुत गरेका थिए।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने