काठमाडौं — बुढानिलकण्ठ नगरपालिका–९ स्थित कुमारी मन्दिर परिसरमा कपडा बैंक सञ्चालनमा आएको छ। इन्द्र जात्राको अवसर पारेर सञ्चालनमा ल्याइएको उक्त बैंक बुढानिलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा र Cloth & Food Bank Nepal को सहकार्यमा स्थापना गरिएको हो।
संकलन बक्समार्फत प्रयोगमा नआएका लुगा, झोला, टोपी, मोजा, बेल्ट र पुस्तकहरू संकलन गरिनेछ। संकलित सामग्री बुटवलस्थित कारखानामा रिसाइकल गरी प्याकेजिङ गरी विपन्न वर्गलाई निःशुल्क वितरण गरिनेछ।
उक्त बैंकको उद्घाटन नगर प्रमुख मिठाराम अधिकारीले गर्नुभएको हो। कार्यक्रममा वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षता थियो भने वडा नं ६ का अध्यक्ष रवि खड्का, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई र वडा सदस्य रमेश कुमार गौतम लगायतको उपस्थिति रहेको थियो।
Cloth & Food Bank Nepal का अध्यक्ष कमल जिसीका अनुसार हालसम्म १६० स्थानीय तहसँग सहकार्यमा परियोजना सञ्चालन गरिएको छ। निकट भविष्यमै खाद्यान्न बैंक पनि सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
कपडा बैंकको नारामा भनिएको छ, “Recycling Clothes – Restoring Lives – Live Life Cleaner, Make Earth Greener”। साथै, “Help the People” भन्ने मूल सन्देश अभियानको केन्द्रमा छ।
दान गर्न चाहनेहरूका लागि बक्स कुमारी मन्दिर परिसर, वडा नं ९ मा राखिएको छ।
साथै, कपडा आवश्यक पर्ने जो–कोहीले शो–रुममा गई निःशुल्क सामग्री लिन सक्ने व्यवस्था मिलाइएको छ।

-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित