logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको दुःख व्यक्त: पीडितलाई सहयोगको प्रतिबद्धता

जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको दुःख व्यक्त: पीडितलाई सहयोगको प्रतिबद्धता


  • सोमबार, भाद्र २२ २०८२
  • 18K
    SHARES

    २३ भदौ, काठमाडौं — जेनजी समूहले गरेका भ्रष्ट्राचार र बेथिति विरुद्धको शान्तिपूर्ण आन्दोलनको क्रममा भएको घटनाप्रति राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले गहिरो दुःख व्यक्त गरेको छ।

    संघले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा ज्यान गुमाएका निर्दोष युवा, विद्यार्थी तथा बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। त्यस्तै, देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

    संघले आन्दोलनको अधिकारप्रति समर्थन जनाए पनि सोही क्रममा भएको घटनाको कडा भर्त्सना गरेको छ।

    राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ, केन्द्रीय कार्यसमितिले पीडित परिवार र घाइतेप्रति गहिरो सहानुभूति प्रकट गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page