logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

‘मेरो डान्स युनिभर्स’की विजेता रिस्ता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक: हङकङमै गरियो प्रिमियर

‘मेरो डान्स युनिभर्स’की विजेता रिस्ता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक: हङकङमै गरियो प्रिमियर


  • शुक्रबार, असोज २३ २०८२
  • 30.7K
    SHARES

    काठमाडौं: रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता हङकङकी रिस्ता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । रिस्ताको पहिलो म्युजिक भिडियो ‘हङकङको चिनो’ हालै Khushi Events Official युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो, गितको प्रिमियर हङकङमै गरिएको खुसी इभेन्ट्सकी प्रबन्ध निर्देशक खुसी गुरुङले बताएकी छिन् ।

    पोखरा घर भई लामो समयदेखी हङकङ बस्दै आएकी रिस्ता गुरुङले रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ मा आफ्नो नृत्य कौशल देखाउँदै नगद १ करोड सहितको उपाधि हात पारेकी थिइन्। हङकङबाट प्रतियोगितामा प्रतिनिधित्व गरेकी रिस्ताले अहिले अभिनयको दुनियाँमा पनि डेब्यु गरेकी छन्। सशक्त नृत्य प्रस्तुतिहरूमार्फत दर्शकको मन जितेकी रिस्ताले हालै सार्वजनिक भएको म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेकी हुन्।

    अभिनयमा डेब्यु गरेकी उनको पहिलो म्युजिक भिडियोमा चर्चित गायक मौसम गुरुङ र गायिका देवी घर्ती मगरको स्वर रहेको छ। भिडियोमा रिस्तासँगै कलाकार आनन्द गुरुङ, जुना गुरुङ, रिना गुरुङ बिनी गुरुङ लगायत बाल कलाकार सिजन गुरुङ र दिया गुरुङले अभिनय गरेका छन्। गीतको संगीत मौसम गुरुङले भरेका हुन् भने शब्द रमेश बी.जी.ले लेखेका छन्। निर्देशन तथा कोरियोग्राफी उमेश गुरुङले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका छन्। भिडियो निर्माण ‘खुसी इभेन्ट्स’ले गरेको छ।

    नृत्यबाट दर्शकको मन जितेकी रिस्ताले अब अभिनयमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्दै नेपाली मनोरञ्जन क्षेत्रमा बहुआयामिक कलाकारका रूपमा आफ्नो पहिचान बनाउन लागेको देखिन्छ। गीत सार्वजनिक भएलगत्तै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page