काठमाडौँ, बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको हलमा लोकसञ्चारकर्मी र अनलाइन टिभी पत्रकारसँग भएको संयुक्त छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल र अनलाइन मिडियालाई नयाँ मूलधारको मिडियाको रूपमा सरकारले स्वीकार गरेको बताए। उनले सामाजिक सञ्जाल कहिल्यै बन्द नहुने र बन्द गरिने छैन भन्ने कुरा स्पष्ट पारेका छन्।
मन्त्री खरेलले भने, “सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउनु जरुरी छ, तर बन्द गर्ने कुरा कसैलाई स्वीकार्य छैन। सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ, जिम्मेवार बनाउनुपर्छ। सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस हुने हुनुपर्छ। त्यसकारण सञ्चार मन्त्रालय पनि सुनिन्छ, देखिन्छ र महसुस हुन्छ।”
मन्त्री खरेलले अनलाइन मिडिया दर्ता लगायतका प्रक्रियागत झन्झट हटाउन मन्त्रिपरिषद्मार्फत निर्णय गराउने तर्फ पहल गरिरहेको बताए। छलफलमा लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलपछि दुबै संघले मन्त्री खरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् र मन्त्री खरेलले त्यसलाई अध्ययन गरी सञ्चारकर्मीको हितमा समन्वयमै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक