गोरखा: गोरखा जिल्लाको सबैभन्दा होचो भू–भाग मुग्लिङ पारी अवस्थित माता त्रिवेणी माई मन्दिर प्राङ्गणमा आज रातदेखि भव्य हरिबोधनी एकादशीको अवसरमा त्रिवेणी मेला–२०८२ भव्य रूपमा आयोजना हुँदैछ । माता मनकामनाको कान्छी बहिनीको रूपमा पूजिने त्रिवेणी माई मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि हजारौं भक्तजन र तीर्थालुहरूको उपस्थितिमा धार्मिक तथा सांस्कृतिक माहोल सिर्जना हुने अपेक्षा गरिएको छ।
मेलाको प्रमुख आकर्षणमा धार्मिक पूजाअर्चना, भजन, नाचगान, सांस्कृतिक प्रस्तुति र लोक दोहोरी कार्यक्रमहरू रहनेछन्। मेलामा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति हुनेछ, जसमा चर्चित लोक दोहोरी गायक पृथ्वी गुरुङ, लोकप्रिय गायिका चिजा तामाङ, गायक चन्द परियार, मोडल तथा नृत्याङ्गना प्रिती गुरुङ, र डान्सर राजन थापा मगर लगायतले मनोरञ्जन प्रदान गर्नेछन्।

मेलाको आयोजना श्री कालिका युवा क्लब, शहीद लखन–३, निभारे, गोरखाले गरेको हो। क्लबका अनुसार यो मेला केवल धार्मिक श्रद्धा र आस्थासँगै स्थानीय संस्कृतिको जगेर्ना र एकताको प्रतीकका रूपमा पनि मानिन्छ। मेलामा स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ, जहाँ भजनकीर्तन, दर्शन पूजन र रातभर नाचगानले वातावरण उत्सवमय बन्नेछ।
हरिबोधनी एकादशीलाई हिन्दू धर्ममा अत्यन्त पवित्र पर्वका रूपमा मानिन्छ। यस दिन भगवान विष्णुले चतुर्मासको निद्राबाट जागरण गर्ने विश्वास रहिआएको छ। त्यसैले त्रिवेणी माईमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने र पापमोचन प्राप्त हुने जनविश्वास रहेको छ।
कार्यक्रम २०७९ कार्तिक १४ गतेदेखि १५ गते बिहानसम्म सञ्चालन हुनेछ। आयोजकले दर्शनार्थी तथा श्रद्धालुहरूलाई समय मिलाएर सहभागी हुन आग्रह गरेका छन्।
त्रिवेणी माई परिसरमा मेलाको तयारी पुरा गरिएको छ र सुरक्षाको विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ। धार्मिक आस्था, सांस्कृतिक झल्को र मनोरञ्जनको संगम बनेको त्रिवेणी मेला २०८२ आज रातभर मुग्लिङ पारी रंगीन र श्रद्धामय बन्ने पक्का छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी