राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, काठमाडौं उपत्यका समितिको गठन भएको छ। शनिबार अनिता कुमारी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचनमा घिमिरेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको सञ्चारकर्मी नेपालका केन्द्रीय सचिव कमल सरगमले जानकारी दिए।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सन्जय पोखरेल, सहसचिवमा अनिता पुराकोटी, कोषाध्यक्षमा राहुल थापा र सह–कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा इन्द्रजित पौडेल, आकृति आचार्य, विकास दमासे, गोपाल नेपाली, चक्रप्रसाद पोखरेल, लक्ष्मण शर्मा, विकास थापा र सन्तोष तामाङ निर्वाचित भए।
समितिको प्रचारप्रसार विभागको सचिवमा प्रकाश विश्वकर्मा र सदस्यमा निरोज गौतम निर्वाचित भएका छन्। कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व र संस्थाको संथापक अध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
नेपाली लोकगित संगीतको व्यवसायिकतासँगै मौलाउँदो विकृतिमाथि खबरदारी गर्न र यस क्षेत्रलाई महत्त्व दिएर सञ्चारकर्मीहरूलाई एक बनाउन समिति गठन गरिएको केन्द्रीय सचिव सरगमले बताए।















-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री