logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

वरिष्ठ समाजसेवी लोकबहादुर टण्डनको ‘संघर्षमय जीवन’ पुस्तकको अडियो विमोचन

वरिष्ठ समाजसेवी लोकबहादुर टण्डनको ‘संघर्षमय जीवन’ पुस्तकको अडियो विमोचन


  • शुक्रबार, मंसिर १९ २०८२
  • 7.2K
    SHARES

    काठमाडौँ। समाजसेवी तथा ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनद्वारा लिखित पुस्तक “संघर्षमय जीवन” को अडियो संस्करण (Audio Book) एक विशेष समारोहका बीच काठमाडौँ सामाखुसी अवस्थित ग्रीन सिटी अस्पतालमा सार्वजनिक गरिएको छ। टण्डनको जीवनी, सामाजिक योगदान, समुदायप्रति समर्पण तथा कठिन परिस्थितिमा गरिएको मानवीय सेवालाई समेटेर तयार गरिएको पुस्तकलाई अझ बढी सुगम र सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले अडियो रूपान्तरण गरिएको हो।

    ग्रीन सिटी अस्पतालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लेखक टण्डनले आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै अडियो पुस्तकले समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गरेका छन् ।

    बिमोचित ४ घण्टा ४४ मिनेट लामो श्रब्य पुस्तकलाई आफ्नो सुमधुर स्वर दिएर तयार पार्ने काम भने इन्जिनियर सागर भुसालले गरेका हुन्। उक्त पुस्तकको लोकार्पण लेखक स्वम लोक बहादुर टण्डनले मोबाइलमा स्विच थिचेर गरे। युग डिजिटल प्रबिधिमा प्रबेश गरिसकेको हुदा पुस्तक पढ्न समय नहुनेहरुलाई व्यस्त समयको सदुपयोग गरि सुन्न सकिने गरी तयार गरिएको इन्जिनियर भुसालले बताए ।

    कार्यक्रममा बोल्दै लेखक तथा समाजसेवी टण्डनले पुस्तक आफ्नो व्यक्तिगत सफलताको कथा मात्र नभई सामाजिक सेवामा सक्रिय हुन चाहने सबैका लागि प्रेरणा तथा मार्गदर्शनको स्रोत हुने विश्वास व्यक्त गरे। उनले चुनौतीपूर्ण परिस्थिति, जीवनमा भोगेका उतार–चढाव, समाजसेवामा देखिएका बाधा तथा तिनलाई पार गर्ने यात्राबारे पुस्तकले सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए। उनले अडियो संस्करणले पुस्तक पढ्न समय नपाउने वर्ग, दृष्टिविहीन समुदाय तथा श्रव्य माध्यम रुचाउने व्यक्तिहरूलाई विशेष रुपमा लाभ पहुँचाउने उल्लेख गरे।

    कार्यक्रममा विभिन्न सामाजिक अगुवा, साहित्यिक व्यक्तित्व, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्यमी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले टण्डनले विगत धेरै वर्षदेखि निर्वाह गर्दै आएको सामाजिक दायित्व, विपद्मा परेका व्यक्तिहरूको उद्धार, समुदायमा स्वास्थ्य सचेतना फैलाउने अभियान तथा आर्थिक–सामाजिक रुपमा कमजोर परिवारहरूको उपचारमा सहयोग पुर्‍याउँदै आएको भूमिकाको प्रशंसा गरे। समाजप्रतिको उनको समर्पण र मानवीय कार्यकलापले धेरै युवालाई समाजसेवातर्फ आकर्षित गरेको बताउँदै वक्ताहरूले “संघर्षमय जीवन” पुस्तकले समाजमा सकारात्मक सोच र जागरण फैलाउने अपेक्षा व्यक्त गरे।

    विमोचन समारोहका विच उनले धादिङबाट आएका विश्वराज अधिकारी, जो वोन म्यारो सम्बन्धी समस्याले ग्रसित छन्, उनलाई केही आर्थीक सहयोग गरे ।

    ग्रीन सिटी अस्पतालको आयोजनामा सम्पन्न कार्यक्रमका सभापति तथा अस्पतालका प्रतिनिधिहरूले टण्डनको नेतृत्वमा अस्पतालले सामुदायिक स्वास्थ्य सेवामा पुर्‍याएको योगदानलाई विशेष रूपमा उल्लेख गरे। उनीहरूले अडियो पुस्तक सार्वजनिक भएको दिनलाई अस्पताल तथा सामाजिक सेवामा संलग्न सबैका लागि प्रेरणादायी क्षणका रूपमा व्याख्या गर्दै आगामी दिनमा यस्ता पुस्तक तथा परियोजनाहरूले समाजमा तथ्य, प्रेरणा र वास्तविक जीवनका उदाहरणहरूलाई अझ नजिकबाट बुझ्न मद्दत गर्ने बताए।

    कार्यक्रमको अन्त्यमा लेखक टण्डनले निरन्तर समाजसेवामा आफूलाई अझ प्रभावकारी रूपमा समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। उनले अडियो पुस्तकमार्फत समाजमा सहयोग, मानवता र सकारात्मक सोचको सन्देश फैलिनेमा आफू विश्वस्त रहेको बताए।

    कार्यक्रमका वक्ता तोयनाथ पौडेलले लेखिएका अन्य पुस्तकहरुलाइ पनि यसरीनै श्रब्य पुस्तकको रुपमा प्रकाशन गर्दै जाने बताए।

    तस्बिरहरु हेर्नुहोस्:

        


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech