logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

“लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम” सम्पन्न

“लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम” सम्पन्न


  • बिहिबार, मंसिर १८ २०८२
  • 7.6K
    SHARES

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यतामा कस्मिक इन्टरनेशनल एकेडेमी स्कुल कोटेश्वरको परिसरमा लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले कार्यक्रमलाई सम्बोधन गर्दै लैङ्गिक हिंसा र साइबर अपराधको तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रकाश पार्नु भएको थियो । लैंगिक हिंसा र साइबर अपराधबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार र पुन:स्थापनामा सबै सरोकारवाला पक्षहरूको समन्वय, सहकार्य अनिवार्य रहेको बताउँदै उपस्थित महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech