logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

इन्जिनियर सागर भुसालको आवाजमा ‘संघर्षमय जीवन’ श्रव्य पुस्तक सार्वजनिक

इन्जिनियर सागर भुसालको आवाजमा ‘संघर्षमय जीवन’ श्रव्य पुस्तक सार्वजनिक


  • शुक्रबार, मंसिर १९ २०८२
  • 10.8K
    SHARES

    समाजसेवी तथा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनद्वारा लिखित जीवन–अनुभवमा आधारित ‘संघर्षमय जीवन’ नामक श्रव्य पुस्तक सार्वजनिक गरिएको छ। लगभग ४ घण्टा ४४ मिनेट लामो यस पुस्तकलाई इन्जिनियर सागर भुसालले आफ्नो सुमधुर स्वरमा रेकर्ड गरेका हुन्।

    कार्यक्रमका प्रमुख लेखक टण्डनले मोबाइलको स्विच थिचेर श्रव्य पुस्तकको औपचारिक लोकार्पण गरे। डिजिटल प्रविधिको युगमा व्यस्त व्यक्तिहरूलाई समयको सदुपयोग गर्दै सहज रूपमा सुन्न सकिने गरी पुस्तक तयार गरिएको भुसालले बताए।

    लेखक टण्डनका अनुसार आफूले जीवनभर सिकेका, भोगेका, र समेटेका सकारात्मक अनुभवहरूलाई जीवनसँगै लगेर जानुभन्दा समाजसँग बाँड्नु नै उचित ठान्दै पुस्तक सार्वजनिक गरिएको हो। उनका अनुसार पुस्तकले कसै न कसैलाई प्रेरणा दिनु मुख्य उद्देश्य हो।

    कार्यक्रमका वक्ता तोयनाथ पौडेलले टण्डनले लेखेका अन्य पुस्तकहरूलाई पनि क्रमिक रूपमा श्रव्य पुस्तकका रुपमा प्रकाशित गर्दै लैजाने योजना रहेको जानकारी दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page