काठमाडौँ । नेपाली पत्रकारितालाई विश्वमञ्चमा पुनः परिचित गराउने उद्देश्यसहित पत्रकार गौरव पौडेलले १०० घण्टासम्म लगातार अन्तर्वार्ता सञ्चालन गर्ने घोषणा गरेका छन् । पुस १ गतेदेखि काठमाडौँको स्काइ टावरबाट सुरु हुने यो अन्तर्वार्ता म्याराथनमार्फत उनले ‘Longest Marathon Television Talk Show’ को विश्वरेकर्ड नेपालमै फर्क्याउने तयारी गरेका हुन्।
यसअघि रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनमा ‘अब विश्वले चिन्ने छ नेपाल’ शिर्षकमा ६२ घण्टा १२ मिनेट लामो अन्तर्वार्ता सञ्चालन गर्दै विश्वरेकर्ड कायम गरेका थिए। तर सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्ड टक–शो होस्ट गर्दै नयाँ रेकर्ड बनाएका थिए।
“अब यो रेकर्ड पुनः नेपालमै ल्याउने ऐतिहासिक लक्ष्य लिएर अघि बढेको छु,” पौडेलले बताए। उनका अनुसार चार दिन चार रातसम्म बिना रोकावट सञ्चालन हुने अन्तर्वार्ता म्याराथनमा राजनीतिज्ञ, कलाकार, खेलाडी, उद्यमी, मनोवैज्ञानिक र सामाजिक अभियन्तासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
जेन–जी पुस्तादेखि राष्ट्रिय स्तरका प्रभावशाली चरित्रसम्मलाई समेट्ने लक्ष्यसहित नेपालमा पहिलोपटक प्रोफेसनल टेलिभिजन सेटअपमा आधारित यति लामो अन्तर्वार्ता श्रृंखला प्रसारण हुन लागेको आयोजक टिमले जनाएको छ। कार्यक्रमका लागि प्राविधिक तयारी, प्रसारण सुविधा, स्वास्थ्य सुरक्षा तथा मानसिक सल्लाहसमेतको सम्पूर्ण व्यवस्था पूरा गरिएको उल्लेख गरिएको छ।
“यो केवल रेकर्ड बनाउने प्रयास मात्र होइन,” पौडेलले थपे, “नेपाली पत्रकारिताको क्षमता, सहनशक्ति र व्यावसायिक लगनलाई पुनः विश्वसमक्ष प्रमाणित गर्ने हाम्रो मुख्य उद्देश्य हो।”
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण