logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

एसएसपी थापाको नेतृत्वमा काठमाडौंमा ‘बिचौलिया निषेध’ अभियान

एसएसपी थापाको नेतृत्वमा काठमाडौंमा ‘बिचौलिया निषेध’ अभियान


  • सोमबार, मंसिर २२ २०८२
  • 6.4K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवामा पारदर्शिता र सर्वसाधारणको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न ‘बिचौलिया निषेध’ अभियान सुरु गरेको छ। परिसर प्रमुख एसएसपी रमेश थापाको नेतृत्वमा सुरु गरिएको उक्त अभियानले अब प्रहरी सेवासँग सम्बन्धित कामका लागि आवश्यक व्यक्ति बाहेक अन्य कसैलाई बिचौलियाका रूपमा परिसर प्रवेशमा कडाइ गरेको छ।

    परिसरका अनुसार प्रहरी सेवा लिन आउने सर्वसाधारणले अधिकारी वा चिनजानको माध्यम खोज्नुपर्ने अवस्था हटाउँदै, कानुनी प्रक्रियामार्फत सीधा सेवा पाउने वातावरण निर्माण गरिएको छ। ‘काम मिलाइदिन्छु’ भन्दै प्रहरी–नागरिक बीचमा बिचौलिया बनेर सक्रिय हुने व्यक्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्ने नीति अवलम्बन गरिएको परिसरले जनाएको छ।

    परिसरमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार काम अब पहुँच, दबाब वा चिनजानका आधारमा नभई पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार हुने छ। उनका अनुसार, ‘अब सर्वसाधारणले निष्पक्ष र पारदर्शी सेवा पाउने व्यवस्था मिलाइएको छ। न्याय पाउन बिचौलियामा भर पर्ने अवस्था हटाउन हामी सक्रिय छौँ।’

    एसएसपी थापाले काठमाडौं परिसर मात्र नभई मातहतका सबै प्रहरी युनिटमा पनि सो नीति लागु गरिएको स्पष्ट पारे। ‘साधारण नागरिकले पनि बिचौलियाको भर नपरी प्रहरी सेवा पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो,’ थापाले भने।

    अभियानले प्रहरी सेवामा विद्यमान बिचौलिया प्रवृत्ति अन्त्य गरिने विश्वास लिइएको छ। यसले विश्वास, पारदर्शिता र जवाफदेहितामा आधारित सेवा प्रवाहको नयाँ अभ्यास थालिएको परिसरले जनाएको छ। सर्वसाधारणले अब निर्धक्क रूपमा आफ्नो आवश्यकताअनुसार प्रहरी कार्यालय पुगेर सेवा लिन सक्ने वातावरण बनिरहेकाे बताइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page