logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना


  • सोमबार, मंसिर २२ २०८२
  • 7.7K
    SHARES

    काठमाडौँ — राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिको आयोजनामा मंसिर २७ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ। “राष्ट्रका लागि सञ्चार, मानवताका लागि रक्तदान” भन्ने मूल नारासहित अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ।

    संस्थाका सचिव तथा कार्यक्रम संयोजक सञ्जय पोखरेलका अनुसार नेपाल मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोगमा आयोजना हुँदै गरेको कार्यक्रमले रक्त अभावका कारण हुने जोखिम कम गर्न सहयोग गर्ने उद्देश्य राखेको छ।

    यो कार्यक्रम संस्थाको पहिलो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो औपचारिक सामाजिक गतिविधि समेत हो। नवनिर्वाचित कार्यसमितिले सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिँदै प्रारम्भिक निर्णयकै रूपमा रक्तदान कार्यक्रम अघि सारेको समितिले जनाएको छ।

    लोकगीत, लोकसंगीत, सांस्कृतिक तथा सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न हुने कार्यक्रमबाट सञ्चारकर्मी केवल सूचनाका संवाहक नभई सामाजिक सेवामा उत्तरदायी भूमिका खेल्ने अभियन्ता समेत हुन् भन्ने सन्देश प्रवाह हुने आयोजकले अपेक्षा गरेको छ।

    उपत्यका समितिका अनुसार रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा सञ्चारकर्मीहरूको भूमिकालाई सुदृढ बनाउने उद्देश्य कार्यक्रमको मुख्य लक्ष्य हो। कार्यक्रममा कलाकार, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने बताइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page