logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

राष्ट्रिय लोक–सञ्चारकर्मी नेपाल, सुदूरपश्चिम समिति गठन, ध्रुव ओझा अध्यक्षमा चयन

राष्ट्रिय लोक–सञ्चारकर्मी नेपाल, सुदूरपश्चिम समिति गठन, ध्रुव ओझा अध्यक्षमा चयन


  • बिहिबार, मंसिर २५ २०८२
  • 8.3K
    SHARES

    राष्ट्रिय लोक–सञ्चारकर्मी नेपाल सुदूरपश्चिम कार्य समितिको गठन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको कार्यसञ्चालन, संगठन विस्तार र लोक–सञ्चारकर्मीको हकहित संरक्षण गर्ने उद्देश्यसहित समितिको गठन भएको छ । समिति गठनका लागि बसेको औपचारिक कार्यक्रम सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष ध्रुव ओझालाई अध्यक्षमा चयन गर्दा केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, केन्द्रीय सचिव कमल सरगम सँगै संस्थापक उपाध्यक्ष गोविन्द रोयाराको विशेष आतिथ्यतामा नयाँ समिति गठन भएको थियो ।

    नवगठित समितिमा अध्यक्षमा ध्रुव ओझा, उपाध्यक्षमा लक्ष्मण बीसी, सचिवमा पवित्रा खड्का, सह–सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा दिपक भट्ट, प्रवक्तामा रमिता बिक लगायत अन्य चयन भएका छन्। सदस्यहरूमा बसन्त खड्का, गौरब चन्द,सपना खाती, राम बहादुर बिक रहेका छन्। साथै रितु पाण्डेय, कमला भट्टराई, केशब धामी, नरमाया कार्की, हिना भण्डारीको पनि नव गठित समितिमा उपस्थिति रहेका थिए ।

    नवनियुक्त अध्यक्ष ध्रुव ओझाले सुदूरपश्चिममा लोक–सञ्चार अभ्यासको प्रवर्द्धन, सदस्य अभिवृद्धि, स्थानीय संस्कृतिसँग सम्बन्धित सामग्री उत्पादन, तालिम तथा सीप–विकास कार्यक्रम सञ्चालनलाई प्रमुख प्राथमिकता बनाइने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले भने,“सुदूरपश्चिमको मौलिक संस्कृति, भाषा र परम्परा नै हाम्रो पहिचान हो। यो प्रदेशको सम्भावना विशाल छ। नयाँ समितिको सक्रियतासँगै सुदूरपश्चिममा लोक–सञ्चार गतिविधि थप व्यवस्थित र प्रभावकारी बन्छ।”

    त्यसैगरी केन्द्रीय सचिव कमल सरगमले सुदूरपश्चिम समितिलाई संस्थाको मेरुदण्डको संज्ञा दिँदै भने,“यो प्रदेश सांस्कृतिक विविधताले भरिपूर्ण छ। यहाँका सबै लोक–सञ्चारकर्मीलाई एकताबद्ध गर्दै लोककला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्नेछ।”

    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै संस्थाले केन्द्रदेखि प्रदेशसम्म समन्वयका कार्यक्रम बलियो बनाइने तथा सञ्चारकर्मीको हकहित, सीप विकास र अवसर सुनिश्चित गर्न निरन्तर काम गरिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page