logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

विप्लव प्रतीकसँग 10X पोएट्री नाइट: कविता र अनुभूतिको विशेष साँझ

विप्लव प्रतीकसँग 10X पोएट्री नाइट: कविता र अनुभूतिको विशेष साँझ


  • शुक्रबार, मंसिर २६ २०८२
  • 22K
    SHARES

    काठमाडौं । कवि, गीतकार तथा अनुवादक विप्लव प्रतीकका कविता सुन्न चाहनेका लागि आउने मंसिर २८ गते, शनिबार (Dec 13) काठमाडौंमा एक विशेष साहित्यिक कार्यक्रम ‘10X Poetry Night with Viplob Pratik’ हुने भएको छ।

    काठमाडौंमै जन्मेर हुर्किएका विप्लव प्रतीकले नेपालको राजनीतिक उत्थान–पतन, सामाजिक परिवर्तन र जीवनका घुम्तीहरूलाई नजिकबाट अनुभूत गरेका छन्। विश्वका विभिन्न देशहरूको यात्रा र बहुसांस्कृतिक परिवेशले उनको विचार, भाषा र कवितामा गहिरो प्रभाव पारेको छ। उनका कविता दैनन्दिन जीवनका यथार्थ, मानवीय संवेदना र आत्मअनुभूतिको मिश्रणले भरिएका हुन्छन्। उनका कृति ‘शाडेनफ्रोएडा’, ‘अविजित’ लगायतका पुस्तकमा जीवनका उतार–चढाव, भावना, लय र चिन्तनलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको छ।

    साहित्य प्रेमीका लागि आयोजना गरिएको उक्त कार्यक्रम क्लब 10X, ठमेल (Z-Street) मा साँझ ५ बजेदेखि सुरु हुनेछ। आयोजक टिमले भोलि 10x मा कवि विप्लव प्रतिक आउँदै हुनुहुन्छ यो विशेष कविता–साँझमा सबैजना उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सादार अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech