काठमाडौं । कवि, गीतकार तथा अनुवादक विप्लव प्रतीकका कविता सुन्न चाहनेका लागि आउने मंसिर २८ गते, शनिबार (Dec 13) काठमाडौंमा एक विशेष साहित्यिक कार्यक्रम ‘10X Poetry Night with Viplob Pratik’ हुने भएको छ।
काठमाडौंमै जन्मेर हुर्किएका विप्लव प्रतीकले नेपालको राजनीतिक उत्थान–पतन, सामाजिक परिवर्तन र जीवनका घुम्तीहरूलाई नजिकबाट अनुभूत गरेका छन्। विश्वका विभिन्न देशहरूको यात्रा र बहुसांस्कृतिक परिवेशले उनको विचार, भाषा र कवितामा गहिरो प्रभाव पारेको छ। उनका कविता दैनन्दिन जीवनका यथार्थ, मानवीय संवेदना र आत्मअनुभूतिको मिश्रणले भरिएका हुन्छन्। उनका कृति ‘शाडेनफ्रोएडा’, ‘अविजित’ लगायतका पुस्तकमा जीवनका उतार–चढाव, भावना, लय र चिन्तनलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको छ।

साहित्य प्रेमीका लागि आयोजना गरिएको उक्त कार्यक्रम क्लब 10X, ठमेल (Z-Street) मा साँझ ५ बजेदेखि सुरु हुनेछ। आयोजक टिमले भोलि 10x मा कवि विप्लव प्रतिक आउँदै हुनुहुन्छ यो विशेष कविता–साँझमा सबैजना उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सादार अनुरोध गरेको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति