गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको यस गीतमा पुरुष आवाज सागर आलेले दिएका छन् ।
गीतकार प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै श्रेष्ठले शान्ति श्रीष मगरको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गरे । साथै भिडियोमा प्रस्तुत गरिएको मौलिकपनले नेपाली पहिचान झल्काउने उनको भनाइ थियो ।
कार्यक्रममा गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत–सङ्गीत क्षेत्रमा गरेको सङ्घर्षका विभिन्न चरणबारे आफ्ना अनुभव सुनाइन् । तत्कालीन अवस्थामा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रतिको अनुराग बढेको उनले बताइन् । जीवनका विभिन्न उतार–चढावका कारण केही समय सङ्गीतबाट टाढिनुपरेको पीडादायी समय सम्झँदै मगरले अन्ततः आफूभित्रको रुचि कुनै पनि कारणले रोकिन नसकेको प्रमाणित भएको उल्लेख गरिन् ।
यसअघि शान्ति श्रीष मगरका ‘फूल जस्तै मेरो जीवन’, ‘जूनतारा’, ‘गल्छी झरेसि’, ‘बसे पर्खेर’ लगायतका गीतहरू सार्वजनिक भइसकेका छन् ।
‘युके बस्ने दाइ’ म्युजिक भिडियोमा शान्ति श्रीष मगरसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ ।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री