काठमाडौं: नयाँ बसपार्कस्थित मित्रनगरमा अवस्थित कुटुम्ब रोधी घरले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य तथा सभ्य रूपमा मनाएको छ। रोधीघरका सञ्चालक अमृत तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ लोकगायक तथा नेपाली गीत–संगीत क्षेत्रका मुर्धन्य स्रष्टा खड्क गर्बुजा सहभागी थिए।
तेस्रो वार्षिकोत्सवको अवसरमा सञ्चालक र प्रमुख अतिथिबाट संयुक्त रूपमा केक काटेर उत्सव मनाइएको थियो। कार्यक्रममा दोहोरी क्षेत्रमा नौलो सुरुवात गर्दै नेपाली मौलिक कला, संस्कृति संरक्षण, सम्बर्धन र प्रवर्धनमा पुर्याएको योगदानको कदरस्वरूप लोकगायक खड्क गर्बुजालाई नगदसहित सम्मान गरिएको थियो। सम्मानपछि गर्बुजा उत्साहित देखिँदै कुटुम्ब दोहोरीले नेपाली लोकसंस्कृतिको संरक्षणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरे। यसैगरी, स्थापना कालदेखि नै कुटुम्ब दोहोरी साँझमा आबद्ध रहँदै आएका ५ जना कलाकारहरु र १ जना कर्मचारीलाई सम्मान प्रदान गरिएको थियो।
सम्मानित कलाकारहरूमा शिशिर गुरुङ, सम्झना शिवाकोटी, मिना श्रीस मगर, मदन गुरुङ, सिद्धि कुमार शाही र कर्मचारी नवीन गुरुङ रहेका छन्।
वार्षिकोत्सव समारोहमा नेपाली गीत–संगीतप्रेमी, कला प्रेमी, समाजसेवी, सञ्चारकर्मी तथा युवा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन भने चर्चित गायक सुकदेव अधिकारीले गरेका थिए।
कुटुम्ब दोहोरी साँझ विसं २०८० साल पौष ४ गते बसपार्क मित्रनगरमा स्थापना भएको हो। स्थापनाकालदेखि नै नेपाली मौलिक कला संस्कृति संरक्षण र प्रवर्धनमा सक्रिय रहँदै आएको यस दोहोरी साँझमा नेपालका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति पारिवारिक वातावरणमा अवलोकन गर्न सकिन्छ। ग्राहकहरूका लागि लक्जरी सोफा सेट, विशेष अतिथि सत्कार, आफ्नै रोजाइका भाका सुन्न वा गाउन पाउने सुविधा, मौलिक नृत्यहरूको प्रस्तुति तथा मनपर्ने परिकारको स्वाद लिन सकिने व्यवस्था कुटुम्ब दोहोरी साँझले उपलब्ध गराउँदै आएको छ।
दोहोरीका सञ्चालक अमृत तामाङले विभिन्न चुनौती र सङ्घर्ष पार गर्दै २ वर्ष पूरा गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। अन्त्यमा, नेपाली लोककला, संस्कृति र मौलिकताको संरक्षण, सम्बर्धन तथा कलाकारको हकहितका लागि कुटुम्ब दोहोरी साँझले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो वर्ष पूरा गरेको अवसरमा सम्पूर्ण कुटुम्ब परिवारलाई हार्दिक बधाई तथा थप प्रगतिको शुभकामना व्यक्त गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण