logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

रास्वपाको समानुपातिक सूचीमा डा. रुपक घिमिरे

रास्वपाको समानुपातिक सूचीमा डा. रुपक घिमिरे


  • शनिबार, पुष ११ २०८२
  • 5.3K
    SHARES

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रुपक घिमिरे समावेश भएका छन्।

    डा. घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क समितिका संयोजक हुन्। उनले काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस तथा एमडी (डर्माटोलोजी) अध्ययन गरेका छन्। साथै, भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन्।

    नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्यसमेत रहेका डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन्। काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए।

    युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन्। स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेन–जी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन्।

    रास्वपाले आगामी पौष १२ र १३ गते RSP Mobile App मार्फत समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech