logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा ‘हाम्रो प्रहरी’ कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा ‘हाम्रो प्रहरी’ कार्यक्रम सम्पन्न


  • सोमबार, पुष १३ २०८२
  • 6.7K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रम काठमाडौं महानगरपालिका–२३, बसन्तपुरमा आइतबार सम्पन्न भएको छ।

    नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी–समुदाय सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित विभिन्न गतिविधि समावेश गरिएको थियो।

    कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, वरिष्ठ कलाकार हरिवंश आचार्य, किरण केसी, संगीतकार योगेश्वर प्रसाद अमात्य, क्यानका सचिव पारस खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो।

    ‘हाम्रो प्रहरी’ कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड तथा नेपाल प्रहरी संगीत विद्यालयको प्रस्तुति, एलिस राईलगायत कलाकारको नाटक, Kuma Sagar & The Khwopa Band को सांगीतिक प्रस्तुति र स्थानीय नेवारी नृत्य प्रस्तुत गरिएको थियो।

    कार्यक्रमका क्रममा प्रहरी कार्यालयको पुनःसम्भार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने प्रतिनिधिमूलक ५१ जनालाई कदरपत्र प्रदान गरिएको थियो। साथै काठमाडौंका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने कक्षा १२ मा अध्ययनरत १६ जना विद्यार्थीलाई ‘प्रहरी सद्भावना दूत टिम’ घोषणा गर्दै ब्यानर प्रदान गरिएको थियो।

    कार्यक्रममा जनप्रतिनिधि, उच्चपदस्थ प्रहरी अधिकारी, कलाकार, नागरिक समाज, युवा, सञ्चारकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

    तस्बिरहरू:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech