कतारमा रहेका सम्पूर्ण मगरहरूको एकता बढाउने उद्देश्यले सन् २००० मा स्थापना भएको नेपाल मगर संघ, शाखा कतारले “सम्पूर्ण मगरहरूको एकता – अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ माघ्या सकराटी (मगर मिनाम् ल्हेस-५०१९)–२०२६ को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम–२०८२ आयोजना गर्न लागेको छ।
यस कार्यक्रमका लागि नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका प्रीती आले मगर र गायक अमर रोका मगर कतार आउने भएका छन्। कार्यक्रममा उनीहरूको प्रस्तुति बाहेक, कतारमा रहेका नेपाल मगर साँस्कृतिक परिवारका कलाकारहरूले कौरा, हुर्रा, सालैजो, सोरठी, झ्याउरे, भूम्या लगायतका मौलिक मगर सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्नेछन्। साथै विभिन्न मगर परिकार पनि सहभागीहरूलाई प्रस्तुत हुनेछन्।
कार्यक्रम अल ओकिर, डि.पि.एस. मोनार्च इन्टरनेशनल स्कुलको सभाहलमा १६ जनवरी २०२६ (शुक्रबार) बिहान ११:०० बजे देखि हुने तय भएको छ। कार्यक्रममा उपस्थितिका लागि कतारका विभिन्न स्थानहरूबाट यातायातको व्यवस्था गरिएको छ भने कार्यक्रम संयोजन देवि कुमारी मगरले गर्नेछिन्।
नेपाल मगर संघ, शाखा कतारले कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक