logo

बुधबार, माघ २१ २०८२

kantipurpationlinetv

२०८२ माघ २१ बुधबार

गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसका प्रकाश चन्द्र दवाडीको दमदार उम्मेदवारी दर्ता, जनताको अपार समर्थनसहित चुनावी मैदानमा प्रवेश

गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसका प्रकाश चन्द्र दवाडीको दमदार उम्मेदवारी दर्ता, जनताको अपार समर्थनसहित चुनावी मैदानमा प्रवेश


  • बुधबार, माघ ७ २०८२
  • 28.4K
    SHARES

    गोरखा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा वरिष्ठ समाजसेवी प्रकाश चन्द्र दवाडीले प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवार मनोनयन दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दवाडीले भव्य र उत्साहपूर्ण वातावरणबीच मनोनयन दर्ता गराएका हुन्।

    गोरखाको विकास निर्माणमा निरन्तर सक्रिय रहँदै आएका दवाडी विसं २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भई गोरखाको विकासलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएका नेता हुन्। प्रदेश सांसदको रूपमा उनको कार्यकालमा गोरखाले शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको थियो।

    जनताको सेवामा सांसदको तलब–भत्ता खर्च गर्ने इमानदार नेता

    प्रदेश सांसद बनेपछि आफूले पाएको सम्पूर्ण सेवा सुविधा, तलब तथा भत्ता जनताको सेवामा खर्च गर्दै आएका दवाडी गोरखाली जनतामाझ अत्यन्तै लोकप्रिय छन्। गरिब, अशक्त, बिरामी तथा समस्यामा परेका नागरिकहरूको उपचार र सहयोगमा सांसदको सुविधा खर्च गर्नु गोरखामा राजनीतिक इमानदारीको ज्वलन्त उदाहरण बनेको छ।

    दवाडीले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछी आफूले पाउने सबै सेवा सुविधा पुनः जनताको नाममा खर्च गर्ने घोषणा गर्दै राजनीति सेवा गर्ने माध्यम मात्र भएको स्पष्ट पारेका छन्।

    पञ्चेबाजासहित भव्य मनोनयन, जनताको उत्साहजनक साथ

    मनोनयन दर्ताको दिन बिहानै गोरखा कालिका र गोरखकाली बाबाको दर्शन तथा आशीर्वाद लिएर निस्किएका दवाडी पार्टी कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै पञ्चेबाजासहित विशाल जनसमूहको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

    उम्मेदवार मनोनयन दर्तामा नेपाली कांग्रेस गोरखाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। दवाडीलाई नजिकबाट देख्दा गोरखाली जनतामा नयाँ आशा र विश्वासको मुस्कान देखिन्थ्यो।

    “अरू नेता बोल्छन्, काम गर्दैनन्। दवाडी बोल्दैनन्, काम गरेर देखाउँछन्” भन्ने जनताको प्रतिक्रिया उनको लोकप्रियताको प्रमाण हो।

    कडा प्रतिस्पर्धा, तर दवाडीप्रति जनविश्वास बलियो

    गोरखा क्षेत्र नम्बर २ को चुनावी मैदानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे) र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी समेत प्रतिस्पर्धामा उत्रिएका छन्। यस क्षेत्रबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    तर दवाडीले जनताको काम गरेर देखाएको इतिहासका कारण आफू अत्यधिक बहुमतसहित विजयी हुनेमा विश्वस्त रहेको बताएका छन्।

    एक्लै कांग्रेसको साख जोगाउने नेता

    विसं २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ (प्रदेश ख) बाट कांग्रेसको तर्फबाट निर्वाचित दवाडी त्यस निर्वाचनमा कांग्रेसबाट जित्ने एक्लो सांसद बनेका थिए। कांग्रेस कमजोर अवस्थामा रहेका बेला पनि तत्कालीन नेकपा गठबन्धनलाई पराजित गर्दै दवाडीले पार्टीको साख जोगाएका थिए।

    “मेरो राजनीति जनताको सेवाका लागि हो”

    “मेरो राजनीति समाजको टेवा र जनताको सेवाका लागि हो” भन्ने नारासहित पुनः चुनावी मैदानमा उत्रिएका दवाडी सामाजिक सेवा, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। धेरै गोरखालीले उनलाई इमानदार, त्यागी र समाजसेवी नेताका रूपमा चिन्ने गरेका छन्।

    कांग्रेसको रणनीतिक निर्णय, चुनावी माहोल थप रोचक

    कांग्रेसले प्रकाश चन्द्र दवाडीलाई उम्मेदवार बनाउनु गोरखा क्षेत्र नम्बर २ मा पार्टीको बलियो आधार निर्माण गर्ने रणनीतिक निर्णयका रूपमा हेरिएको छ। मनोनयन दर्तासँगै कांग्रेस कार्यकर्ता तथा समर्थकहरू उत्साहका साथ चुनावी अभियानमा होमिएका छन्। यससँगै गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन अझै रोचक, प्रतिस्पर्धात्मक र चासोपूर्ण बनेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech