‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल, नेपालले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ। यसै ऐतिहासिक रजत महोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहका बीच वरिष्ठ समाजसेवी तथा एन.बि. टुर एण्ड ट्राभल्सका संचालक विष्णु शाहीलाई विशेष सम्मान गरिएको छ।
समाजसेवी शाहीलाई विशेष गरी भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरू एवं उनीहरूका आश्रित परिवारलाई पुर्याएको सहयोगका लागि यो सम्मान प्रदान गरिएको हो।
शाहीले उक्त अस्पतालसँग आवश्यक समन्वय गरी बिरामीहरूको आवतजावत, अस्पताल भर्ना र उपचार प्रक्रियामा सहजीकरण गर्दै मानवीय सेवाको एउटा उदाहरण पेश गरेका थिए। सोही नि:स्वार्थ सहयोगको कदर गर्दै २५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) २०८२ को अवसरमा उनलाई कदर-पत्रद्वारा सम्मान गरिएको हो।
वि.सं. २०५७ सालमा स्थापना भएको सशस्त्र प्रहरी बलमा सुरुवाति चरणमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी ल्याइएको थियो। महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरबाट यात्रा सुरु गरेको यस संगठनको प्रधान कार्यालय हाल हलचोकमा रहेको छ। आज हलचोकमा आयोजित रजत महोत्सव समारोहमा राष्ट्रपति पौडेलले संगठनको साढे दुई दशकको गौरवमय इतिहासको चर्चा गर्नुभयो।
सम्मान ग्रहण गरेपछि समाजसेवी विष्णु शाहीले मिडियासंग कुरा गर्दै भने, “क्यान्सर जस्तो जटिल रोगसँग लडिरहेका सशस्त्र प्रहरीका राष्ट्रसेवक र उहाँहरूका परिवारलाई सानो भए पनि सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो। रजत महोत्सवको यो विशेष घडीमा राष्ट्रपतिज्यूकै अगाडि सम्मानित हुन पाउँदा थप सामाजिक कार्य गर्ने ऊर्जा मिलेको छ।”
समारोहमा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरूले शाही जस्ता सहयोगी व्यक्तित्वहरूले संगठन र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको बताएका थिए।
-
गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसका प्रकाश चन्द्र दवाडीको दमदार उम्मेदवारी दर्ता, जनताको अपार समर्थनसहित चुनावी मैदानमा प्रवेश
-
श्री पञ्चमीको अवसरमा महर्षि स्कुलमा भव्य पूजा, अक्षरारम्भ र विविध कार्यक्रम सम्पन्न
-
अशोक दर्जीलाई लड्डु खुवाउने दृश्यले चर्चामा आएका बिजय डंगोल, नयाँ फिल्मको तयारीमा व्यस्त
-
आजिवन सदस्यता वितरणसहित राष्ट्रिय संगीतकर्मी संघको वृहत वनभोज सांस्कृतिक कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीको पहिलो महिला सगरमाथा आरोही कुन्जाङ शेर्पालाई सशस्त्र आईजीको विशेष सम्मान