काठमाडौँ — नेपाल प्रहरीकी प्रहरी नायब निरीक्षक (सई) कुन्जाङ छोपेल शेर्पा सशस्त्र प्रहरी बल नेपालको विशेष कार्यक्रममा सम्मानित भएकी छन्। सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत रही सगरमाथाको शिखर आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकृतका रूपमा इतिहास रचेकी शेर्पालाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले ‘IG APF Commendation’ सम्मान प्रदान गरेका हुन्।
शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ८ बजेर ५६ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं’ भन्ने सन्देशसहितको ब्यानर चुचुरोमा फहराएकी थिइन्।
उनको यस ऐतिहासिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरीले उनलाई विशेष सम्मानसहित एक तह बढुवा समेत गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह