logo

सोमबार, असार १ २०८३

kantipurpationlinetv

२०८३ असार १ सोमबार

गोरखाको विकासका लागि स्पष्ट नीति बनाउने दवाडीको प्रतिबद्धता: सेवा–सुविधा जनताको हितमा खर्च गर्ने

गोरखाको विकासका लागि स्पष्ट नीति बनाउने दवाडीको प्रतिबद्धता: सेवा–सुविधा जनताको हितमा खर्च गर्ने


  • शनिबार, फाल्गुन २ २०८२
  • 4.1K
    SHARES

    नेपाली कांग्रेस का तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशचन्द्र दवाडीले निर्वाचित भए आफूले पाउने सेवा–सुविधा जनताकै सेवामा लगाउने घोषणा गरेका छन्।

    चुनाव प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका दवाडीले आफूले सांसद भएपछि पाउने तलब तथा अन्य सेवा–सुविधा जिल्लाका गरिब तथा विपन्न नागरिकको हितमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

    यसअघि विसं २०७४ मा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट गण्डकी प्रदेश सभा का सदस्य निर्वाचित हुँदा पनि उनले पाएको तलब तथा सेवा–सुविधा जनताको सेवामा नै लगाएको उल्लेख गरे। “मैले गोरखा क्षेत्र नं २ का जनताको मर्म र भावना बुझेको छु, मैले पाउनुपर्ने सबै सेवा–सुविधा जनताकै सेवामा लगाउँछु,” दवाडीले भने।

    दवाडीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिन दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाउँदै गोरखाको विकासका लागि स्पष्ट नीति बनाएर अघि बढ्ने बताए।

    त्यस्तै, आफ्नो पार्टी सरकारमा रहेका बेला सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने उनको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page