logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

कांग्रेसलाई सघाउने निर्णय इमान्दारपूर्वक पालना गर्न प्रलोपा गोरखाका अध्यक्ष खत्रीको अपिल

कांग्रेसलाई सघाउने निर्णय इमान्दारपूर्वक पालना गर्न प्रलोपा गोरखाका अध्यक्ष खत्रीको अपिल


  • सोमबार, फाल्गुन १८ २०८२
  • 5.3K
    SHARES

    गोरखा — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाका अध्यक्ष नारायण खत्रीले पार्टी निर्णयको अक्षरसः पालना गर्न कार्यकर्ता तहमा निर्देशन दिएका छन्। गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको प्रलोपाले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र प्रेमकुमार खत्रीलाई समर्थन गर्ने निर्णय गरेकाले सो निर्णय कार्यान्वयन गर्न सार्वजनिक अपिल गरिएको हो।

    केही कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टी निर्णयको मर्म र भावना विपरीत अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै अध्यक्ष खत्रीले दुवै क्षेत्रमा कांग्रेसलाई समर्थन गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्। आइतबार फेसबुकमार्फत परिपत्र सार्वजनिक गर्दै उनले पार्टी पंक्तिलाई निर्धक्क रूपमा निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका हुन्।

    अपिलमा उनले लेखेका छन्, “पार्टीले अनवरत प्रयास गरी गरेका प्रयासहरूमा सकारात्मक रूपमा सहयोग गर्नुपर्ने ठाउँमा केही साथीहरूले विभिन्न अभिव्यक्ति दिँदै नाटक मञ्चन गरिरहनुभएको छ। पार्टीको हित विपरीत यस्ता हर्कतहरू नगर्न सम्बन्धित साथीहरूमा निर्देशन गर्दछु।” साथै उनले सिङ्गो पार्टी पंक्ति र मतदातालाई निर्वाचन प्रचारप्रसारमा सक्रिय हुन आग्रह गरेका छन्।

    गोरखामा यसपटक प्रलोपाको प्रत्यक्षतर्फ उम्मेदवार नभएकाले जिल्लाका विभिन्न पक्षसँग सघन छलफल गरी कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिएको अध्यक्ष खत्रीले स्पष्ट पारेका छन्। “आफ्नो पार्टीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार नभएको हुँदा यसपटकको प्रत्यक्षतर्फको मतदान नेपाली कांग्रेसलाई गर्ने निर्णय भएको सत्य हो,” अपिलमा उल्लेख गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page