गाेरखा – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोर्खा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङ विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत बिण्णु प्रसाद गौतमका अनुसार गुरुङले कुल २९,८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस का प्रेम कुमार खत्री ले १५,३९८ मत पाएका थिए।
तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी का हरिराज अधिकारी ले ११,१२४ मत प्राप्त गरे भने चौथो स्थानमा नेकपा एमाले का रामचन्द्र लामिछाने ले ३,७३२ मत पाए।
कुल मतदाता संख्या १,२०,५२५ रहेको गोरखा १ मा जम्मा ६३,६०९ मत खसेको थियो, जसमा ६१,३९० सदर र २,२१९ बदर मत रहेको छ। अन्य उम्मेदवारमध्ये रामकाजी राना मगर (बिजुलीको चिम) : ४८९, केदारमणि खनाल (हलो) : ३१०, जितबहादुर घले (गितार) : १६५, देवबहादुर थापा (कुखुराको भाले) : १४२, विष्णुप्रसाद रिजाल (गुलाबको फूल) : ५७, आकाश राना मगर (उडिरहेको माउरी) : ३५, कविता भट्टराई (कप र प्लेट) : २३, मनु कुमारी श्रेष्ठ (मादल) : १९ मत प्राप्त गरेका थिए ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण