logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

नविन पौडेल र गिता भट्टराईको ‘घुम्न जाउँ मायालु’ सार्वजनिक

नविन पौडेल र गिता भट्टराईको ‘घुम्न जाउँ मायालु’ सार्वजनिक


  • बिहिबार, फाल्गुन २८ २०८२
  • 22.7K
    SHARES

    नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय गायिका गीता भट्टराईको नयाँ लोकदोहोरी गीत ‘घुम्न जाउँ मायालु’ सार्वजनिक गरिएको छ। वरिष्ठ लोकदोहोरी गायक नविन पौडेल र गायिका गीता भट्टराईको स्वर रहेको उक्त गीत एक विशेष समारोहका बीच बिमोचन गरिएको हो।

    बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजित कार्यक्रममा वरिष्ठ लोकगायक खड्ग गर्बुजा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।गीत सार्बजनिक कार्यक्रम को सभापतित्व इन्द्रेणी विकास समाजका अध्यक्ष कृष्ण कँडेलले गर्नुभएको थियो।

    कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य, उपाध्यक्ष हरि दुलाल, प्रवक्ता शिखर श्रेष्ठ, लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, रेडियो नेपालका लोकगीत कार्यक्रम सञ्चालक नरहरी न्यौपाने, ईश्वरी प्रसाद भुसाल, राष्ट्रिय लोक भजन चुट्का प्रतिस्ठान का केन्द्रीय सदस्य शेषनारायण पोख्रेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको मिडिया सहयोग राष्ट्रिय लोक सञ्चारकर्मी, नेपालले गरेको थियो।

    नविन पौडेल र गीता भट्टराई नेपाली मौलिक लोकगीत–संगीतलाई संरक्षण र प्रवर्द्धन गर्न सक्रिय कलाकारका रूपमा परिचित छन्। उनीहरूको स्वरमा आएको ‘घुम्न जाउँ मायालु’ गीतले पनि नेपाली लोकसंस्कृति र मौलिकताको झल्को दिने अपेक्षा गरिएको छ। कार्यक्रममा वक्ताहरूले यस्ता सिर्जनाले नेपाली लोकसंगीतलाई अझ सशक्त बनाउँदै नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page