logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

हरिराज अधिकारीको निर्वाचन खर्च २३ लाख २१ हजार

हरिराज अधिकारीको निर्वाचन खर्च २३ लाख २१ हजार


  • आइतबार, चैत्र १ २०८२
  • 4.9K
    SHARES

    गोरखा – गोरखा क्षेत्र नं १ बाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट चुनाव लडेका हरिराज अधिकारीले निर्वाचनमा कुल रु २३ लाख २१ हजार खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

    उनको विवरण अनुसार सबैभन्दा ठूलो खर्च प्रतिनिधि परिचालनमा भएको छ, जसका लागि रु ९ लाख ५ हजार खर्च भएको छ।

     अधिकारीले प्रचारप्रसार सामाग्री खरिदमा ५ लाख २० हजार रुपैँया खर्च गरेका छन् । यस्तै, उनले सवारी साधन भाडामा ३ लाख ८० हजार रुपैँया खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।यसैगरी, गोष्ठी तथा अन्तरक्रियामा शीर्षकमा १ लाख ५० हजार रुपैँया खर्च भएको उल्लेख छ । विज्ञापन तर्फ भने रु ८० हजार खर्च भएको उनको विवरणमा उल्लेख छ । कार्यालय सञ्चालनतर्फ भने २ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page