राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्यका लागि सम्झौता गरिएको छ।
आइतबार भएको उक्त सम्झौताअनुसार प्रतिष्ठान गण्डकी प्रदेश तथा प्रदेश मातहतका पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार र आजीवन सदस्यहरूले परिचयपत्र वा संस्थाको सिफारिसको आधारमा अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा सम्झौतापत्रमा उल्लेख भएअनुसार छुट सुविधा प्राप्त गर्नेछन्।

सम्झौताले प्रतिष्ठानसँग आबद्ध कलाकार तथा सदस्यहरूलाई उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ। प्रतिष्ठान गण्डकी प्रदेश समितिकी अध्यक्ष माया गुरुङले कलाकार तथा सदस्यहरूको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले सहकार्य गरिएको बताइन्।
सम्झौता सम्पन्न गर्न सहयोग पुर्याएकोमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल लगायत कृष्णमोहन श्रेष्ठ र रेशम रचक सरल प्रति प्रतिष्ठानले आभार व्यक्त गरेको छ।
सम्झौता कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका महिला उपाध्यक्ष मन्जु विक, द्वितीय उपाध्यक्ष होम गुरुङ, सचिव कृष्ण सुवेदी, महिला सचिव सुनिता नेपाली, सहसचिव टेक क्षेत्री तथा सदस्य किसान नेपालीको उपस्थिति रहेको थियो।
यस सहकार्यले प्रतिष्ठानसँग आबद्ध सदस्य तथा कलाकारहरूलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कमा दीप प्रज्वलन