logo

बिहिबार, चैत्र ४ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ४ बिहिबार

सेवा–सुविधा नलिने घोषणा गरेका सांसद गुरूङले बुझाए खर्च विवरण

सेवा–सुविधा नलिने घोषणा गरेका सांसद गुरूङले बुझाए खर्च विवरण


  • बिहिबार, चैत्र ४ २०८२
  • 4.6K
    SHARES

    काठमाडौं, चैत ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ का सांसद सुधन गुरूङले  निर्वाचनमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्।

    पेस गरिएको विवरणअनुसार उनले सबैभन्दा बढी ७ लाख ८६ हजार रुपैयाँ यातायात इन्धनमा खर्च गरेका छन्। त्यसैगरी प्रचारप्रसार सामग्रीमा ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

    यस्तै, खाना, खाजा तथा अस्थायी बसोबासमा ५ लाख रुपैयाँ, गोष्ठी तथा भेलामा १ लाख ५० हजार, मिडियामा १ लाख २४ हजार, मनोनयन दर्तामा १० हजार तथा नमूना मतपत्र छपाइमा ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

    सांसद गुरूङले नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्री लाई पराजित गर्दै फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजय हासिल गरेका थिए।

    यसैबीच, उनले सांसद भएबापत प्राप्त हुने सेवा–सुविधा नलिने घोषणा पनि गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech