गोरखा, चैत ५ — चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र नवरात्र सुरु भएको छ। यस अवसरमा हनुमानढोका दरबार मा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना आरम्भ गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहेको छ। साथै, उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत पनि रहेको जनाइएको छ।
यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा पूजाआराधना र उपासनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ।
शास्त्रीय मान्यताअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन्—आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष। नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षका नवरात्रलाई ‘लुप्त नवरात्र’ पनि भनिन्छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा