logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

भिमसेन थापा गाउँपालिकाको स्याटेलाइट क्लिनिक: टोलटोलमै निःशुल्क स्वास्थ्य, दन्त र आँखा सेवा

भिमसेन थापा गाउँपालिकाको स्याटेलाइट क्लिनिक: टोलटोलमै निःशुल्क स्वास्थ्य, दन्त र आँखा सेवा


  • बिहिबार, चैत्र ५ २०८२
  • 4.7K
    SHARES

    गोरखा, चैत ५ — गोरखाको भीमसेन थापा गाउँपालिका ले नागरिकलाई सहज र नजिकमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गर्दै आएको स्याटेलाइट क्लिनिक प्रभावकारी बन्दै गएको छ।

    गाउँपालिका स्वास्थ्य शाखामार्फत भोलि शुक्रबार पुनः निःशुल्क स्वास्थ्य सेवा, दन्त सेवा तथा आँखा जाँच र उपचार सेवा सञ्चालन गरिने भएको छ। गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा ले ‘सुलभ स्वास्थ्य सेवा’ अभियानअन्तर्गत नियमित रूपमा स्याटेलाइट क्लिनिक सञ्चालन हुँदै आएको जानकारी दिएका छन्।

    भोलि गाउँपालिका–३ अन्तर्गत तान्द्राङस्थित तान्द्राङ स्वास्थ्य चौकीमा क्लिनिक सञ्चालन हुने भएको छ। क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षण, मुख तथा दाँतसम्बन्धी सेवा, आँखा जाँच, उपचार तथा आवश्यक परामर्शसमेत प्रदान गरिनेछ।

    उपचार सेवामा सहिद स्मृति आधारभूत अस्पतालका डाक्टर आमोर लोहनी, डेन्टल हाइजेनिस्ट जीवन यादव तथा नेत्र सहायक रचना केसी लगायतका स्वास्थ्यकर्मी सहभागी हुने स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल ले जानकारी दिएका छन्।

    भीमसेन थापा गाउँपालिकाले स्थानीय नागरिकलाई टोलटोलमै विशेषज्ञ सेवा पुर्‍याउने लक्ष्यसहित नियमित रूपमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्दै आएको छ। साथै, तोकिएको मिति र समयमा उपस्थित भई निःशुल्क सेवा लिन गाउँपालिकाले नागरिकलाई आग्रह गरेको छ।

    स्वास्थ्य सेवा सबैको आधारभूत अधिकार भएकाले त्यसको सहज पहुँच सुनिश्चित गर्न गाउँपालिकाले चालेको यो पहललाई सराहनीय रूपमा हेरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page