गोरखामा ‘वन डढेलो सप्ताह–२०८२’ अन्तर्गत सार्वजनिक यातायातमार्फत डढेलो सचेतना फैलाउने अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा ट्राफिक कार्यालय र यातायात व्यवसायी संघको समन्वयमा जिल्लाभर चल्ने सवारी साधनहरूमा सचेतनामूलक सन्देशसहितका स्टिकर टाँसिएको वन अधिकृत अर्जुन अछामीले जानकारी दिए।
वन कार्यालयले ‘वनलाई डढेलोबाट जोगाऔँ’ र ‘पर्यावरणको संरक्षण गरौँ’ जस्ता सन्देश समेटिएका स्टिकर सार्वजनिक यातायातमा राखेको छ। गाउँगाउँसम्म डढेलो सम्बन्धी चेतना पुर्याउने उद्देश्यले लामो तथा छोटो दुरीका सवारी साधनमा यी सन्देशहरू राखिएको अछामीले बताए।
उनका अनुसार चैतको पहिलो हप्तालाई वन डढेलो सप्ताहका रूपमा मनाइने भए पनि विविध कारणले निर्धारित समयमा कार्यक्रम गर्न नसकिएकाले पछि आयोजना गरिएको हो। मंगलबार सदरमुकामस्थित पुरानो बसपार्क र घ्याम्पेसाल बसपार्क क्षेत्रमा स्टिकर वितरण गरिएको थियो। काठमाडौँ, चितवन, पोखरा लगायतका गन्तव्यमा सञ्चालन हुने करिब ३० वटा सवारी साधनमा स्टिकर टाँसिएको छ।
डिभिजन वन कार्यालयले यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको जनाएको छ। सामुदायिक वनसँग अन्तरक्रिया, डढेलो नियन्त्रण सम्बन्धी अभ्यास तथा अन्य प्रचारप्रसारका कार्यक्रममार्फत सप्ताह मनाइएको कार्यालयले जानकारी दिएको छ। साथै, अन्य बजार क्षेत्रहरूमा पनि यस्ता स्टिकर वितरण गर्ने योजना रहेको बताइएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा